'पूर्वजहरूले गरेका त्याग र बलिदानप्रति हामी सबैले आत्मसात् गर्नुपर्दछ'
hamrakura.com · Wed Jan 11 00:00:00 GMT 2023
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वजहरूले गरेका त्याग र बलिदानप्रति सबैले आत्मसात् गर्नुपर्ने बताएकी छन् । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारी वर्तमान समयका उपलब्धिमा गौरव बोध गरिरहँदा पूर्वजहरूले इतिहासमा गरेका त्याग र बलिदानप्रति उत्तिकै सम्मान व्यक्त गर्न आवश्यक रहेको राष्ट्रपतिले शुभकामना सन्देशमा भनेकी छन् ।
“आफ्नो इतिहासका उपलब्धिप्रति कृतज्ञ हुने समाजले मात्र आफू र आफ्ना सन्ततिमाथि न्याय गर्न सक्दछ भन्ने सत्यलाई हामी सबैले मनन गर्नु पर्दछ । यस दिवसबाट हाम्रो सुदृढ देशभक्तिको भावनामा एउटा बलियो आयाम थप्न योगदान मिल्ने मैले विश्वास लिएको छु”, शुभकामना सन्देशमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)