छातीमा समस्या देखिएपछि राष्ट्रिय ट्रमा सेन्टर पुगे गृहमन्त्री सुधन गुरुङ
arthasansar.com · Tue Sep 22 07:12:35 GMT 2026

गृहमन्त्री सुधन गुरुङको स्वास्थ्यमा समस्या देखिएको छ । उनको छातीमा समस्या देखिएको हो ।
छातीमा असजिलो र सामान्य समस्या देखिएपछि उनी मङ्गलबार मध्यान्ह राष्ट्रिय ट्रमा सेन्टर पुगेका हुन्। सेन्टरमा पुगेर उनले चिकित्सकहरूको टोलीमार्फत छातीको आवश्यक परीक्षण गराएका छन्। अस्पताल पुगेका गृहमन्त्री गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकहरूले परीक्षणपछि आवश्यक परामर्श दिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)