मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पुलिसलाई स्वर्ण

ekantipur.com · Sat Sep 17 00:44:53 GMT 2022

काठमाडौँ — नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले जितेको छ । पुरुष क्रिकेटको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्‍यो । त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको आर्मीले वर्षाका कारण ८–८ ओभरमा छोट्याइएको खेलमा ७ विकेट गुमाई १ सय ३ रन बनायो ।

कप्तान विनोद भण्डारीले आर्मीबाट सर्वाधिक ४० रन बनाए । उनले १४ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे । रोहित पौडेलले १० बलमा ४ छक्कासहित २८, कुशल मल्लले १३, भीम सार्कीले ११, सोमपाल कामीले ३ रन बनाए । अर्जुन साउद र सोनु तामाङले खाता खोल्न सकेनन् । पुलिसका ललित राजवंशी र गुलशन झाले २–२ तथा रशिद खान र कप्तान दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)