पाकिस्तानी प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव
farakdhar.com · Wed Mar 09 00:41:25 GMT 2022
पाकिस्तानको प्रमुख विपक्षी दलले प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको छ । यो अविश्वासको प्रस्ताव ल्याउनुमा प्रमुख विपक्षी दलको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्टको मुख्य भूमिका भएको जनाइएको छ ।
यो अविश्वासको प्रस्ताव ल्याउनुभन्दा अगाडि लाहोरमा यो गठबन्धनको बैठक बसेको थियो । गठबन्धनका प्रमुख मौलाना फजलुर रहमानले इमारन सरकारले गलत काम गरिरहेको भन्दै आफूहरुले अविश्वासको प्रस्ताव ल्याउने निर्णय गरेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)