जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा
gorkhapatraonline.com · Tue Sep 22 07:17:18 GMT 2026

पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाको तस्बिर ढाका विश्वविद्यालयको नयाँ संग्र्रहालयमा राखिएपछि बङ्गलादेशमा इतिहासको व्याख्या, राष्ट्रियता, धर्म र भाषासँग जोडिएको विवाद चर्किएको छ । संग्र्रहालयमा राखिएको तस्बिर विद्यार्थीले हटाएर च्यातेपछि यस विषयमा नयाँ बहस सुरु भएको हो ।
विश्वविद्यालयका विद्यार्थी अबु तैयब हाबिलदारले जिन्ना पाकिस्तानका संस्थापक भए पनि बङ्गाली भाषा र अधिकारको विरोध गरेकाले बङ्गलादेशमा उहाँको भूमिकालाई फरकरूपमा हेरिनुपर्ने बताउनुभयो । सन् १९४७ मा भारत विभाजनपछि पाकिस्तानको पूर्वी र पश्चिमी भागका रूपमा रहेका बङ्गलादेश र पाकिस्तान सन् १९७१ को युद्धपछि अलग भएका थिए । उक्त युद्धमा पाकिस्तानी सेनाबाट व्यापक अत्याचार भएको आरोप लाग्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)