इलामका नेता उमेश गुरुङले एमाले त्यागे, सिङ्गो जीवन व्यर्थै बिताएँ भन्दै पश्चाताप
nepalpress.com · Tue Sep 22 07:19:31 GMT 2026

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य तथा एमाले इलामका पूर्वजिल्ला सचिव उमेश गुरुङले पार्टीको साधारण सदस्यतासमेत त्यागेका छन् । ३८ वर्ष लामो राजनीतिक यात्रापछि उनले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । उनले ‘मनभित्र नआँटेका कुराहरू’ भन्दै सामाजिक सञ्जालमा लामो स्टाटससहित पार्टी छाडेको उल्लेख गरे ।
वक्तव्यमा गुरुङले पार्टीभित्र मौलाएको गुटबन्दी र नातावादका कारण निष्ठावान् कार्यकर्ताहरू पाखा लाग्नुपरेको भन्दै तीव्र असन्तुष्टि पोखेका छन् । गत कात्तिकमा सम्पन्न जिल्ला अधिवेशनमा गुटभन्दा बाहिर रहेर स्वतन्त्र रूपमा उपाध्यक्ष पदमा उम्मेदवारी दिँदा ‘ओली गुट’ को निर्देशनमा आफूलाई हराइएको र पाखा लगाइएको आरोप उनले लगाएका छन् । सोही कारण पार्टीले आफूलाई १९ महिनासम्म जिम्मेवारीविहीन बनाएको र गत असार ३ गते मात्रै प्रदेश कमिटी सदस्यमा मनोनीत गरिएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)