भोटेकोशी बाढी प्रभावितका लागि नयाँ बास खोजिँदै, २७७ कित्ता जग्गा पहिचान
kalakarmi.com · Tue Sep 22 07:11:25 GMT 2026

काठमाडौं- भोटेकोशी नदीमा आएको बाढीका कारण घरबास गुमाएका र अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न रसुवा, नुवाकोट र धादिङमा २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस गरिएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको केन्द्रीय समितिले सम्भावित पुनःस्थापना क्षेत्रको अध्ययन गरी जग्गाको विवरणसहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको हो ।
समितिका अनुसार पहिचान गरिएका जग्गाको कुल क्षेत्रफल ३ हजार २ सय ७९ रोपनी २ पैसा छ । जिल्लागत रूपमा रसुवामा १७७, नुवाकोटमा ९४ र धादिङमा ६ कित्ता जग्गा पहिचान गरिएको छ । क्षेत्रफलका हिसाबले नुवाकोटमा सबैभन्दा धेरै जग्गा पहिचान भएको छ। नुवाकोटमा २ हजार ६ सय ६५ रोपनी ६ आना १ पैसा १ दाम, रसुवामा ५९१ रोपनी ९ आना १ पैसा २ दाम र धादिङमा २२ रोपनी ३ पैसा १ दाम जग्गा पहिचान गरिएको प्रतिवेदनमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)