त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि मृत्यु भएका दोङका श्रीमती र छोरा न्याय माग्दै सडकमा उत्रिए
reportersnepal.com · Tue Sep 22 07:21:29 GMT 2026

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा साेमबार आफूले लचाइरहेकाे बसमा आगाे लगाएर आत्मदाहको प्रयास गरेका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ का अर्जुन दोङको उपचारका क्रममा मृत्यु भएको छ।
दोङको मृत्युको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै उनका परिवार र आफन्तहरु अहिले कीर्तिपुरस्थित बर्न अस्पताल परिसरमा प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले घटनाको सत्यतथ्य छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्तिको माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)