बोर्डको अध्यक्ष छान्न मन्त्रालयले बनायो ३ सदस्यीय समिति
ratopati.com · Tue Sep 22 07:28:50 GMT 2026

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष छनोटका लागि सूचना तथा सञ्चार मन्त्रालयले ३ सदस्यीय छनौट समिति गठन गरेको छ । मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा बोर्डका कार्यवाहक अध्यक्ष रविलाल शर्मा र फिल्मकर्मी अशोक शर्मा सदस्य रहेको समिति गठन गरिएको हो ।
मन्त्रीस्तरीय निर्णयबाट उक्त छनोट समिति गठन भएको मन्त्रालयले जनाएको छ । अध्यक्ष पदका लागि मन्त्रालयले केही दिन अघि दरखास्त आवेदन मागेको थियो । जसअनुसार बुधबार दरखास्त दिने अन्तिम मिति रहेको छ । अहिलेसम्म के कतिले दरखास्त दिए भन्ने केही खुलाएको छैन । छनौट समितीले आवेदन परेका मध्यबाट एक ब्यक्तिलाई अध्यक्षका लागि सिफरिस गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)