यमन सङ्कट चर्किदा साउदीको साथमा बेलायत, हवाई इन्धन सहयोग गर्ने
gorkhapatraonline.com · Tue Sep 22 07:26:46 GMT 2026

यमनका हुथी विद्रोहीबाट साउदी अरबमाथि भइरहेको आक्रमणको सामना गर्न बेलायतले साउदीलाई सीमित सैन्य सहयोग उपलब्ध गराउने भएको छ । बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले सोमबार संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्कतर्फ जाने क्रममा विमानभित्र पत्रकारसँग कुरा गर्दै बेलायती शाही वायुसेनाले साउदीका लडाकु विमानलाई हावामै इन्धन भर्ने (एयर-टु-एयर रिफ्युलिङ) सुविधा उपलब्ध गराउने सहमति भएको जानकारी दिनुभएको छ ।
बर्नहमका अनुसार यो सैन्य सहयोग केही साताका लागि मात्र हुने छ । यद्यपि, परिस्थितिको समीक्षा गर्दै सहयोगको अवधि आवश्यकता अनुसार पुनर्विचार गर्न सकिने उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)