पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त
ajakoartha.com · Tue Sep 22 07:26:00 GMT 2026

काठमाडौं- लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको सर्वसाधारणका लागि जारी गरिने रु.१००÷– अंकित दरका १५,००,००० कित्ताले हुन आउने रु.१५,००,००,०००÷– रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।
उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट अध्यक्ष श्री राजीव सापकोटा र पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष श्री लाल प्रसाद सावा लिम्बुले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठको उपस्थितिमा हस्ताक्षर गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)