उपचारपछि फर्किए गृहमन्त्री
baahrakhari.com · Tue Sep 22 07:28:03 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ छातीमा समस्या देखिएपछि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन् । करिब एक घण्टा आकस्मिक कक्षमा उपचार गराएपछि उनी अस्पतालबाट फर्किएका छन् ।
ट्रमा सेन्टरका सूचना अधिकारी शिवकुमार निरौलाका अनुसार, छाती दुखेपछि गुरुङ अस्पताल आएका थिए । “छाती दुखेपछि अस्पताल आउनुभएको थियो । करिब एक घण्टा जनरल वार्डमा बसेर उपचार गराएपछि फर्किनुभयो,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)