बस आगलागीमा ज्यान गुमाउने चालकले प्रयोग गर्थे अरुकै लाइसेन्स, विभिन्न घटनामा पनि संलग्न रहेको खुल्यो
kendrabindu.com · Tue Sep 22 07:34:17 GMT 2026

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ ।
रिद्धिसिद्धी यातायातको बा५ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वर बस स्टप नजिक आगलागी हुँदा जलेर घाइते भएका चालकको उपचारका क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए । उनका अनुसार, जलेर मृत्यु हुनेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका सिस्नेरीका चालक अर्जुन दोङ तामाङ हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)