अतिक्रमणको चपेटामा सोती सिमसार
barnanmedia.com · Tue Sep 22 07:23:36 GMT 2026

सर्लाहीको बागमती नगरपालिका–९, तेजपुरका भुवन निरौलाले उमेरको चार दशक पार गरिसक्नुभयो । खेती किसानी र सामाजिक सङ्घ संस्थामा आबद्ध उहाँलाई केही समयदेखि भने सोती खोला अतिक्रमणको चिन्ताले सताउन थालेको छ । निरौलाको घरबाट सय मिटरको दूरीमा एक दशक पहिलासम्म फराकिलो सिमसार क्षेत्र थियो । झण्डै १६ बिघामा फैलिएको उक्त सिमसार सोतीको मुहान आज अतिक्रमणले हराइसकेको छ ।
जलवायु परिवर्तन तथा अतिक्रमणको चपेटामा परेर तराईमा पानीको प्राकृतिक स्रोत सुक्दै जाने प्रक्रिया तीव्र गतिमा बढ्दै गएको छ । प्राकृतिक स्रोत त्यसमा पनि पानीको मुहान र जैविक संरचनामाथि मानवीय गतिविधि निर्मम बनेका उदाहरणहरू प्रसस्त देखिन थालेको छ । यसले पानीका स्रोतहरू मात्र सुकेका छैनन्, भविष्यमा मानव जीवनमा आइपर्ने विपत्तिका सङ्केतहरू समेत देखा पर्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)