धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अद्भूत सङ्गम महावुधाम
barnanmedia.com · Tue Sep 22 07:36:56 GMT 2026

समुद्र सतहदेखि चार हजार १६८ मिटरको उचाइमा अवस्थित महावुधाम केवल एउटा भौगोलिक लेक मात्र होइन, यो हजारौँ श्रद्धालुहरूको अगाध आस्था, आत्मीय शान्ति र प्राकृतिक सौन्दर्यको अद्वितीय सङ्गम हो । दैलेखको महाबु गाउँपालिका–६ र कालीकोटको महावै गाउँपालिका–४ को सिमानामा पर्ने यो पावन धाममा हरेक वर्ष जनै पूर्णिमाको सेरोफेरोमा विशाल धार्मिक मेला लाग्ने गर्छ ।
हातमा पवित्र त्रिशूल बोकेर, मुखमा ‘हर हर महादेव’ को उच्च ध्वनि गुञ्जाउँदै र लेकाली उकालोको कठिन यात्रा भुल्दै महावु लेक उक्लने आन्तरिक तथा बाह्य तीर्थ यात्रीहरूको लर्कोले हरेक वर्ष जनै पूर्णिमाका बखत सिङ्गो लेक क्षेत्र उत्सवमय बन्छ । दैलेख, सुर्खेत, कालीकोट, जुम्ला, जाजरकोट, नेपालगञ्जदेखि छिमेकी मुलुक भारतबाट समेत हजारौँको सङ्ख्यामा आउने भक्तजनको उपस्थितिले महावुधामलाई एउटा जीवन्त र प्रखर आध्यात्मिक पर्यटकीय तीर्थस्थलका रूपमा स्थापित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)