जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
reportersnepal.com · Tue Sep 22 07:42:14 GMT 2026

कपिलवस्तु, ६ असोज । मायादेवी गाउँपालिका-४ चाकरचौडाबाट जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ बस्ने ५० वर्षीय महोरमद अनार मुसलमान समेत १५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ३ सय ८२ रूपैयाँ र ३६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)