छातीमा समस्या देखिएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ
kendrabindu.com · Tue Sep 22 07:45:52 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ स्वास्थ्य परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन्। छातीमा असजिलो महसुस भएपछि उनी मंगलबार मध्यान्ह महाबौद्धस्थित ट्रमा सेन्टर पुगेका हुन्।
ट्रमा सेन्टरमा चिकित्सकको टोलीले गृहमन्त्री गुरुङको छातीसम्बन्धी आवश्यक परीक्षण गरेको थियो। परीक्षणपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकहरूले आवश्यक परामर्श दिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)