धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने
emountaintv.com · Tue Sep 22 07:51:12 GMT 2026

काठमाडौँ ।
नेपाली काँग्रेसका नेता तथा गिरिजाप्रसाद कोईराला फाउण्डेसनका सभापति डा. सुनिलकुमार शर्माले धनकुटाको एउटा विधालयमा पाँच करोड रुपैयाँ बराबरको शैक्षिक सहयोग गर्नुभएको छ । धनकुटाको पाख्रीबास नगरपालिका–१०, चुङमाङस्थित श्री भारती माध्यमिक विद्यालयमा उहाँले भवन निर्माण र विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेगरी उक्त रकम सहयोग गर्नुभएको हो । उहाँले विद्यालयको नाम आफ्ना हजुरबुबा गुनलाल र जिजुबुबा गणपति न्यौपानेको नाममा परिवर्तन गराउने गरी सम्झौता समेत गर्नुभएको छ । सम्झौताअनुसार विद्यालयको नाम अब ‘श्री भारती गणपति गुनलाल न्यौपाने माध्यमिक विद्यालय’ कायम गरिनेछ । विद्यालयको नाम परिवर्तनसँगै डा. शर्माले विद्यालयको विकासका लागि तीन करोड रुपैयाँ र आर्थिक रूपमा विपन्न तथा जेहेनदार विद्यार्थीको उच्च शिक्षाका लागि दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने सम्झौता पनि गर्नुभएको हो । उहाँले विद्यालयको नाम परिवर्तनका लागि २०८२ पुस २३ गते विद्यालय व्यवस्थापन समितिमा निवेदन दिनुभएको थियो । आवश्यक प्रक्रिया पूरा भएपछि सोमवार पाख्रीबास नगरपालिका र शर्माबीच नाम परिवर्तनसम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार विद्यालयको नाम परिवर्तनका लागि आवश्यक तीन करोड रुपैयाँ शर्माले हस्तान्तरण समेत गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)