चीनका सन् २०२६ का शीर्ष ५०० निजी उद्यम सार्वजनिक
saralpatrika.com · Tue Sep 22 07:50:26 GMT 2026

थिआनजिन। चीनले सन् २०२६ का देशका शीर्ष ५०० निजी उद्यमको सूची सार्वजनिक गरेको छ। सूचीमा परेका ११० कम्पनीले १०० अर्ब युआन (करिब १४ अर्ब ८२ करोड अमेरिकी डलर) भन्दा बढी वार्षिक सञ्चालन आम्दानी गरेका छन्। यसले चीनको निजी क्षेत्र निरन्तर बलियो रूपमा विस्तार भइरहेको देखाएको छ।
सन् २०२६ को चीनका शीर्ष ५०० निजी उद्यमको सूचीअनुसार जेडी डटकम, अलिबाबा (चाइना) कम्पनी लिमिटेड र हेङ्ली ग्रुप कम्पनी लिमिटेड क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन्। यो सूची चीनको उत्तरी सहर थिआनजिनमा अखिल चीन उद्योग तथा वाणिज्य महासंघ ९एसीएफआईसी० ले सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)