भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र र नेपाल जग्गा तथा आवास विकास महासंघको सहकार्यमा घरजग्गा तालिम सुरु
ajakoartha.com · Tue Sep 22 07:52:00 GMT 2026

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको भूव्यवस्थापन तालिम केन्द्र (एलएमटिसी) र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा घरजग्गा व्यवसायलाई मर्यादित, कानुनी र प्रविधिमैत्री बनाउने उद्देश्यले १५ दिन अवधि रहेको तालिम कार्यक्रम सुरु भएको छ।
तालिम उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि तथा निमित्त तालिम प्रमुख रामकुमार सापकोटाले भू–सेवालाई नागरिक र व्यवसायमैत्री बनाउन मन्त्रालय र नेपाल जग्गा तथा आवास विकास महासंघसँग सम्झौता पत्र (एमओयु) तयार गरी कार्यविधि अनुसार तालिम सञ्चालन गरेको जानकारी गराए।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)