देशभित्र रोजगारीका अवसर विस्तार हुन नसक्दा विदेश जाने लहर कायमै, दुई महिनामै १ लाख ३० हजारले लिए श्रम स्वीकृति
aarthiknews.com

काठमाडौँ । मुलुकभित्र रोजगारीका अवसर विस्तार हुन नसक्दा वैदेशिक रोजगारीमा जाने नेपालीको लहर चालु आर्थिक वर्षको सुरुदेखि नै उच्च देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै १ लाख ३० हजार ४ सय ८३ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार साउनमा ७० हजार ४ सय ४१ र भदौमा ६० हजार ४२ जनाले श्रम स्वीकृति लिएका हुन्। साउनको तुलनामा भदौमा श्रम स्वीकृति लिनेको संख्या १० हजार ३ सय ९९ ले घटे पनि एक महिनामा ६० हजारभन्दा बढीले श्रम स्वीकृति लिनुले वैदेशिक रोजगारीप्रतिको निर्भरता कायमै रहेको देखाउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)