मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘हाइब्रिड’ मकै नपाउँदा किसान विदेशी बीउ प्रयोग गर्न बाध्य

ratopati.com · Mon Mar 24 19:55:00 GMT 2025

चितवन । नेपालमा उत्पादित हाइब्रिड मकैको बीउ बजारमा नपाउँदा विदेशी बीउको प्रयोग गर्न बाध्य भएको गुनासो किसानले गरेका छन् । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनले आयोजना गरेको हाइब्रिड मकै बीउ उत्पादन तथा खेती प्रविधिसम्बन्धी आवासीय कृषक तालिमको समापनमा किसानले स्वदेशी हाइब्रिड बीउ पाउन समस्या हुने गरेको बताएका हुन् ।

दैलेखबाट तालिममा सहभागी हुन आएकी खगेश्वरी बुढा नेपालीले हाइब्रिड बीउ बजारमा नपाउँदा समस्या भएको बताईन् । उनले भनिन्, ‘विदेशी बीउ बजारमा सहज रूपमा पाइन्छ । स्वदेशी उत्पादन पाउन कठिन छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)