अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो — शंकर पोखरेल
arthasansar.com · Tue Sep 22 08:03:43 GMT 2026

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन खोजेको नभई संगठन पुनर्गठनको सुझाव मात्र दिएको स्पष्ट पारेका छन्। केन्द्रीय कमिटी बैठकको दोस्रो दिनको सम्बोधनका क्रममा उनले आफ्नो सुझावलाई गलत अर्थमा बुझाइएको र अध्यक्षसँगको सम्बन्धमा फाटो ल्याउने प्रयास भइरहेको बताए। महासचिव पोखरेलले आफ्नो भनाइलाई अध्यक्ष ओलीले पनि नेतृत्व हटाउने रूपमा बुझ्न नहुने आग्रह गर्दै, पार्टीभित्र विग्रह ल्याउने वा विभाजन निम्त्याउने काम आफूबाट कहिल्यै नहुने दृढता व्यक्त गरे।
पोखरेलले भने, ‘अध्यक्षले मैले हटाउने कुरा गरेको बुझ्नुभएछ । कार्यदलमा आएको सुझावको आधारमा अब सबैजना कोर्स करेक्सनमा जानुपर्छ भनेका हौँ । उहाँ र मेरो बीचमा फाटो ल्याउन खोजियो । दूरी बढ्यो ।’
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)