भारी हिमपातपछि मनास्लु आरोहण गएकाहरू फर्किन थाले
annapurnapost.com · Tue Sep 22 08:01:32 GMT 2026

गोरखा : दुईसातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि मनास्लुका आरोहीहरू धमाधम घर फर्किन थालेका छन् । निरन्तर बर्सात र हिमपातका कारण हिमाल चढ्न प्रतिकूल भएपछि आरोहीहरू हिमालै नचढी धमाधम फर्किन थालेका मनास्लु हिमाल अवस्थित चुमनुब्री गाउँपालिका १ का वडाअध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए ।
अहिले मनास्लु आधार शिविरमा अविरल वर्षात र हिमपात भइरहेको छ भने विभिन्न शिविरहरूमा हिमपात भइरहेको छ । पाँच फिटभन्दा बाक्लो हिउँ थपिएको आरोहण दलका सहयोगीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)