विष्णु पौडेलले भने– एकताबद्ध नेतृत्व र बलियो संगठन निर्माण गर्नुपर्छ
baahrakhari.com · Tue Sep 22 08:09:31 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले जनतासँग टुटेको सम्बन्ध पुनर्स्थापित गर्न एकताबद्ध नेतृत्व र बलियो संगठन निर्माण गर्नुपर्ने बताएका छन् । मंगलबार केन्द्रीय कमिटी बैठकमा उनले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनले एमाले जनतासँग टाढिएको कुरा स्पष्ट पारेको बताए ।
“पछिल्लो निर्वाचनमा एमालेले पराजय बेहोरेको छ । पार्टीलाई पुनर्गठित गर्दै जनताको बहुदलीय जनवादलाई मार्गदर्शन बनाएर अघि बढ्नुपर्छ,” पौडेलको भनाइ उद्धृत गर्दै सचिव महेश बस्नेतले लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)