भारतसँगकाे रोमाञ्चक संघर्षमा जापान ३ रनले पराजित
kendrabindu.com · Tue Sep 22 08:11:15 GMT 2026
काठमाडाैं । भारत र जापानबीच सामीमा भएको रोमाञ्चक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा भारतले जापानविरुद्ध ३ रनको कठिन जित निकालेको छ। ३३ रनको सामान्य लक्ष्य पछ्याएको जापानले निर्धारित ५ ओभरमा ३ विकेट गुमाएर ३० रन मात्र बनाउन सक्यो।
जापानका लागि कप्तान केन्ड्रेल काडोवाकी-फ्लेमिङले सर्वाधिक १२ रन बनाए भने बेन्जामिन इटो-डेभिसले अविजित ९ रन जोडे। यसैगरी इब्राहिम ताकाहासीले ४ रन र विकेटकिपर शिराइ-पाट्मोरेले अविजित २ रन बनाए पनि टिमलाई जिताउन सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)