आरेन राईले सरकारलाई भने – युवा पुस्तामा बढ्दै गएको निराशाबारे गम्भीर बन्नुस्
ratopati.com · Tue Sep 22 08:15:34 GMT 2026

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले युवा पुस्तामा बढ्दै गएको निराशाले देशभर ‘आत्मदाह’ का घटना बढेको भन्दै गम्भीर बन्न सरकारलाई सुझाएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा आकस्मिक समयमा र्सांसद राईले युवा पुस्तामा बढ्दै गएको निराशा र त्यसले निम्त्याएको दुखद परिस्थितिबारे पनि सरकारको ध्यानाकर्षण गराए ।
सांसद राईले हालै त्रिपुरेश्वरमा बसभित्रै एक युवाले गरेको आत्मदाहको घटनालाई स्मरण गराउँदै देशमा घट्ने दिनप्रतिदिनका यस्ता आत्मदाहका घटनाले आम नागरिकमा निराशा पैदा गरेको बताए। उनले भने, ‘केही महिना अगाडि र पछिल्लो पटक भएका यस्ता घटनाहरूले सिङ्गो देशको मनोदशालाई प्रतिबिम्बित गरिरहेका छन्।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)