प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्ब बढी पुग्यो
nepalnews.com · Tue Sep 22 08:19:35 GMT 2026

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी १५ अर्ब रुपैंयाँ भन्दा बढी मौज्दात छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा हाल ११ अर्ब २७ करोड दुई लाख ६० हजार ६८५ रुपैंयाँ तथा हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा दुई करोड ४८ लाख चार हजार ७०२ अमेरिकी डलर मौज्दात छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)