सांसदका लागि सञ्चालित संघीय संसदको क्यान्टिन बन्द
sutranews.com · Tue Sep 22 08:20:11 GMT 2026

काठमाडौं । संघीय संसद भवनमा प्रतिनिधिसभाका सदस्यहरूका लागि सञ्चालन गरिएको क्यान्टिन बन्द गरिएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले सांसदहरूका लागि सञ्चालित क्यान्टिनमा महँगी भएको विषय उठाएका थिए । सांसद सुनारले क्यान्टिनमा खाद्यवस्तुको मूल्य महँगो भएको भन्दै बैठकमा विषय उठाएपछि आज उक्त क्यान्टिन बन्द गरिएको हो। प्रतिनिधिसभाका सदस्यहरूका लागि सञ्चालन हुँदै आएको क्यान्टिन अचानक बन्द भएपछि त्यहाँ सेवा लिँदै आएका सांसद तथा कर्मचारी भने प्रभावित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)