बसमा आगलागी विषय संसद्मा उठ्यो, उच्चस्तरीय छानबिन समित बनाउन माग
nepalviews.com · Tue Sep 22 08:16:51 GMT 2026

काठमाडौं । सोमबार त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि गाडीमा आगजनी गरेको घटना संसद्मा प्रवेश गरेको छ । चालक अर्जुन दोङले आफूलाई गाडीभित्र बन्द गरी आगजनी गरेका थिए । जलेका उनको सोमबार कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो ।
यो विषयमा मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)