अर्जुन दोङको नाममा लाइसेन्स नै भेटिएन, विभिन्न ठाउँमा अरूकै लाइसेन्स प्रयोग गरेको खुलासा
kalakarmi.com · Tue Sep 22 08:21:21 GMT 2026

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको सवारी आगजनीको घटनामा मृत्य हुनेको पहिचान खुलेको छ । मृतक चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ का अर्जुन दोङ तामाङ रहेको खुलेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
उनले भने, ‘मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ का अर्जुन दोङ तामाङ भन्ने खुलेको छ ।’ भक्तपुरबाट थानकोटतर्फ जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा दिउँसो करिब साढे १२ बजे आगलागी भएको थियो । आगलागीमा परी घाइते भएका चालकको कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)