वणिज्य विभागले गर्यो १८ पसलमा अनुगमन : ५५ हजार जरिवाना
ratopati.com · Thu Dec 28 16:16:00 GMT 2023
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ८ वटा विभिन्न पसललाई कारबाही गरेको छ । बिहीबार विभागले गरेको बजार अनुगमनका क्रममा ती पसल कारबाहीमा परेका छन् ।
कारबाहीमा परेका पसललाई विभागले ५५ हजार जरिवाना समेत गरेको छ । विभागले काठमाडौँको तारकेश्वरस्थित फर्निचर एण्ड फिक्चर्सबाट रु ५ हजार, तारकेश्वरकै अर्को एक किराना पसललाई रु २० हजार, सानेपाको एक हार्डवेयर पसललाई रु ५ हजार, कोटेश्वरको मिठाई पसललाई रु ५ हजार, कोटेश्वरकै ४ वटा कपडा पसललाई ५ हजारका दरले रु २० हजार जरिवाना गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)