यस्तो छ प्रधानन्यायाधीशको प्रथम चौमासिक प्रगति विवरण
ratopati.com · Tue Sep 22 08:30:27 GMT 2026

काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक भएको छ । प्रगति विवरणअनुसार, न्यायपालिकालाई प्रविधिमैत्री र पारदर्शी बनाउन गत असार १० गतेको पूर्ण बैठक (फुल कोर्ट) बाट न्यायपालिकाको सूचना तथा सञ्चार प्रविधि नीति, २०८३ पारित गरिएको छ ।
यसैगरी, भदौ ३ गतेको पूर्ण बैठकबाट अदालतमा हुने सुनुवाईको प्रत्यक्ष प्रसारण (व्यवस्थापन तथा संचालन) निर्देशिका,२०८३ पारित भएको उल्लेख छ । सर्वोच्च अदालत लगायत उच्च अदालत जनकपुर र अस्थायी इजलास ओखलढुङ्गामा मुद्दाको सुनुवाईको प्रत्यक्ष प्रसारण परीक्षणको रूपमा सुरु गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)