‘५ सयको जरिवाना तिर्न ५० हजार खर्च गरेर काठमाडौं आउने ?’ आशिकाको प्रश्न
kalakarmi.com · Tue Sep 22 08:34:16 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १७१ व्यवहारिक नभएको भन्दै संशोधन वा खारेज गर्न माग गरेकी छन् ।
मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले ट्राफिक प्रहरी वा प्रहरीले गरेको कारबाही चितनबुझे ३५ दिनभित्र यातायात व्यवस्था विभागका महानिर्देशकसमक्ष उजुरी दिन सकिने व्यवस्था दुर्गम जिल्लाका चालकका लागि अव्यवहारिक भएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)