कैलालीका तीन विद्यालय र मकवानपुरको मामाघर नेपाल संस्थालाई एनआईसी एशिया बैंकको सहयोग
nepalpress.com · Tue Sep 22 08:33:29 GMT 2026

काठमाडौं । एनआईसी एशिया बैंकले कैलालीका तीन विद्यालय र मकवानपुरको मामाघर नेपाल संस्थालाइ सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।
कैलालीको सेती मैयाँ चौधरी माध्यमिक विद्यालय र खक्रौलास्थित भानुभक्त राष्ट्रिय आधारभूत विद्यालय, वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयलाई पठनपाठन अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न बैंकले सहयोग गरेको हो । यस्तै, मकवानपुरको सामाजिक संस्था मामाघर नेपाल मकवानपुरलाई उक्त संस्थामा आश्रित सहारा आवश्यकता भएका बालबालिकाको बसाई अझ सहजताका लागि पनि बैंकले सहयोग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)