त्रिपुरेश्वर घटना : यातायात मजदुर र व्यवसायी आन्दोलित
ratopati.com · Tue Sep 22 08:36:32 GMT 2026

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीको मानसिक दबाब र ज्यादती सहन नसकी एक बस चालकले आत्मदाह गरेको भन्दै यातायात व्यवसायी तथा मजदुर संगठनहरु आन्दोलित भएका छन्। सोमबार बा ५ ख ४२७४ नम्बरको यात्रुवाहक बसका चालक दावा लामाले आफ्नै शरीरमा आगो लगाएर ज्यान गुमाएको घटनालाई लिएर उनीहरुले ९ बुँदे मागसहित आन्दोलनको चेतावनी दिएका हुन् ।
मंगलबार ६ वटा यातायात महासंघ तथा मजदुर संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। विज्ञप्तिमा उल्लेख भएअनुसार, मुलपानीबाट थानकोट जाँदै गरेको बस त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि पुग्दा आफ्नै साइडमा रहेको मोटरसाइकलले अवरोध गरेपछि चालक लामाले हर्न बजाएका थिए। हर्न बजाएको निहुँमा ट्राफिक प्रहरीले बस रोकेर कागजजात मागेको र थप ट्राफिक प्रहरी बोलाई यात्रुलाई ओरालेर करिब २ घण्टासम्म बस नियन्त्रणमा लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)