पूर्णबहादुर खड्काको गृह जिल्लामा देउवा पक्षको चहलपहल
nagariknews.nagariknetwork.com · Tue Sep 22 08:30:01 GMT 2026

नेपाली कांग्रेसको इतर समूह (देउवा पक्ष) ले कर्णालीका जिल्लामा केन्द्रीय प्रतिनिधि र जिल्ला इन्चार्ज तोकेसँगै चुनावी गतिविधि तीव्र बनाएको छ। कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा समेत जिल्ला संयोजक र केन्द्रीय प्रतिनिधि तोकिएपछि देउवा पक्षका नेता-कार्यकर्ताको चहलपहल बढेको हो।
देउवा पक्षले कर्णालीका अधिकांश जिल्लामा आगामी पार्टी अधिवेशन तथा चुनावी अभियानलाई लक्षित गर्दै आफ्ना प्रतिनिधि खटाएको छ। सुर्खेतमा जिल्ला संयोजकको जिम्मेवारी ललित भट्टराईलाई दिइएको छ भने केन्द्रीय प्रतिनिधिको जिम्मेवारी महेन्द्र शाहीले पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)