त्रिपुरेश्वर बस आगलागी घटना : मृतक चालकको परिवारलाई क्षतिपूर्तिको माग गर्दै प्रदर्शन
annapurnapost.com · Tue Sep 22 08:26:32 GMT 2026

काठमाडौं : काठमाडौंको त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगजनीमा गम्भीर घाइते भएका चालकको निधन भएको छ । रिद्धिसिद्धी यातायातको बा५ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वर बस स्टप नजिक आगलागी हुँदा जलेर घाइते भएका चालकको उपचारका क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा निधन भएको हो । चालक मकवानपुर इन्द्रसरोवर गाउँपालिका सिस्नेरीका चालक अर्जुन दोङ तामाङ रहेको प्रहरीले जनाएको छ ।
त्रिपुरेश्वर घटनामा दाबा लामाको नाममा रहेको सवारी चालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा मृतक चाकलले दाबा लामाको नाममा रहेको बैंक खाता तथा नागरिकतासमेत प्रयोग गरेको देखिएका प्रहरीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)