प्रहरी नियन्त्रणमा रहेको बेला आत्मदाह हुनु गम्भीर लापरबाही
onlinekhabar.com · Tue Sep 22 08:46:14 GMT 2026

६ असोज, काठमाडौं । असोज ५ गते काठमाडौंको त्रिपुरेश्वरमा बा. ५ ख ४२७४ नम्बरको यात्रुवाहक बसका चालक अर्जुन दोङले आत्मदाह प्रयास गरी ज्यान गुमाएको घटनाप्रति यातायात व्यवसायी तथा मजदुर संघसंस्थाहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। मंगलबार उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरी क्षतिपूर्ति दिन माग गरेका छन् ।
विज्ञप्तिमा उल्लेख भएअनुसार, मूलपानीबाट यात्रु लिएर थानकोट भञ्ज्याङतर्फ जाँदै गरेको बस त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि पुग्दा आफ्नै साइडमा रहेको मोटरसाइकलका कारण आवागमन अवरुद्ध भएपछि चालक दोङले हर्न बजाएका थिए। हर्न बजाएकै निहुँमा ट्राफिक प्रहरीले बस रोकी कागजात मागेर कारबाही गर्न खोजेको र चालकले आफूबाट गल्ती नभएको बताएपछि विवाद सुरु भएको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)