१० लाख ६५ हजारको कार्यालय सामग्री खरिदमा ‘न्यू विज्ञान ईन्टरप्राईजेज’ छनोट
kalakarmi.com · Tue Sep 22 09:03:02 GMT 2026

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यालय प्रयोजनका लागि आवश्यक दैनिक सामग्री खरिद प्रक्रियामा ‘न्यू विज्ञान ईन्टरप्राईजेज’ लाई छनोट गरेको छ ।
मन्त्रालयले सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो । मन्त्रालयले गत भदौ २४ गते आह्वान गरेको सिलबन्दी दरभाउपत्र बमोजिम रितपूर्वक दर्ता भई म्यादभित्र प्राप्त भएका दरभाउपत्रहरूमध्ये न्यू विज्ञान ईन्टरप्राईजेजले पेस गरेको दरभाउपत्र न्यूनतम मूल्याङ्कित तथा सारभूत रूपमा प्रभावग्राही ठहर भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)