माछा पोखरीमा डुबेर गुल्मीमा एकजनाको मृत्यु
baahrakhari.com · Tue Aug 12 18:09:57 GMT 2025

गुल्मी । माछा पोखरीमा डुबेर गुल्मीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–८, रजाली टोल बस्ने ४५ वर्षीय तुल्सीबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
चन्द्रकोट गाउँपालिका–८, रामपुरस्थित स्थानीय बहुउद्देश्यीय कृषक समूहले माछापालन गर्दै आएको पोखरीको डिलमा मंगलबार बेलुकीपख पुरुषको टिसर्ट, पाइन्ट, चप्पल र टोपी देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)