रिद्धिसिद्धी बसमा आफैँलाई आगो लगाएका मृतक चालकको पहिचान, भूमिका शंकास्पद
hamrakura.com · Tue Sep 22 00:00:00 GMT 2026

काठमाडौँ । त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ । रिद्धिसिद्धी यातायातको बा५ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वर बसस्टप नजिक आगलागी हुँदा जलेर घाइते भएका चालकको उपचारका क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।
उनका अनुसार जलेर मृत्यु हुनेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका सिस्नेरीका अर्जुन दोङ तामाङ हुन् । मृतक चालक तामाङ विसं २०८२ कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा संलग्न रही घटनापश्चात फरार रहेको बुझिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)