मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

ratopati.com · Fri Dec 26 23:00:15 GMT 2025

भोजपुर। आँखासम्बन्धी रोगको पहिचान र उपचारको पहुँचमा ल्याउन नेपाल नेत्र ज्योति सङ्घले बृहत् खोजी अभियान सञ्चालन गर्ने भएको छ । जीवनशैलीमा आएको परिवर्तन, चेतनाको कमी तथा समयमै उपचार नपाउँदा ग्रामीण भेगमा आँखाका समस्या भएका बिरामी बढ्दै गएपछि सङ्घले समुदायस्तरमै पुगेर सेवा दिने लक्ष्यसहित अभियान सुरु गर्न लागेको हो ।

नेपाल नेत्र ज्योति सङ्घ भोजपुर शाखाका कार्यवाहक सभापति सम्झना प्रधानका अनुसार जिल्लाका सबै ९ वटै स्थानीय तहमा समुदायस्तरमै पुगेर आँखा रोगीको खोजी तथा उपचार अभियान सञ्चालन गरिनेछ । अभियान यही आइतबारदेखि टेम्केमैयुङ गाउँपालिकाबाट सुरु हुने उनले जानकारी दिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)