राजमार्ग खुल्दा पनि घटेन महँगी : तरकारीको मूल्य १५० प्रतिशतसम्म वृद्धि
ratopati.com · Tue Sep 22 09:06:08 GMT 2026

काठमाडौँ । गत भदौ १० र १४ गते आएको अविरल वर्षा र बाढीका कारण काठमाडौँको ‘लाइफलाइन’ पृथ्वी राजमार्ग पनि प्रभावित भयो । धादिङको कृष्णभीर लगायतका स्थानमा त्रिशुली नदीले सडक कटान गरेपछि उपत्यका भित्रिने सवारी साधन ठप्प भए । सडक अवरुद्ध हुँदा आपूर्ति शृङ्खला टुट्न गयो, जसको प्रत्यक्ष असर भदौको दोस्रो साता तरकारी तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा देखियो ।
बाटो बन्द भएका कारण त्यतिबेला बजारमा तरकारीको अस्वाभाविक मूल्य वृद्धि भएको थियो, तर यातायात सुचारु भएर आपूर्ति सहज हुँदै जाँदा पनि बजार भाउमा एकरुपता आउन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)