बाढी र डुबानबाट प्रभावित सदस्य कम्पनीहरूलाई क्षतिको यथार्थ उपलब्ध गराउन नाडाको अनुरोध
corporatenepal.com · Tue Sep 22 08:58:19 GMT 2026

काठमाडौं । नाडाले बाढी तथा डुबानबाट प्रभावित सदस्य कम्पनीहरूलाई आफ्नो क्षतिको यथार्थ तथा प्रमाणित विवरण नाडा सचिवालयमा उपलब्ध गराउन अनुरोध गरेको छ ।
नाडाले आज विज्ञप्ति प्रकाशित गरी बाढी तथा डुबानबाट क्षति भएका सवारीसाधनको विवरण, हराएका वा सम्पर्कविहीन सवारीसाधनको विवरण, सवारीसाधन रहेको स्थान तथा सम्बन्धित भन्सार नाकाको विवरण, सवारीसाधनको संख्या, प्रकार तथा उपलब्ध पहिचान विवरण, गोदाम, कार्यालय तथा अन्य भौतिक संरचनामा भएको क्षतिको विवरण, बीमा गरिएको सम्पत्ति तथा सवारीसाधनको विवरण, बीमा दाबीका लागि आवश्यक कागजात तथा विवरण, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणसँग सम्बन्धित विवरण र अन्य प्रत्यक्ष व्यावसायिक क्षतिको विवरण बुझाउन अनुरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)