जेनजी आन्दोलनले मुलुकको लोकतान्त्रिक प्रणाली र अर्थतन्त्रमा पारेका असरबारे एमाले
ajakoartha.com · Tue Sep 22 09:03:00 GMT 2026

काठमाडौं - २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन तथा त्यसपछिका घटनाले नेपालको लोकतान्त्रिक प्रणालीमा मात्र होइन अर्थतन्त्रमा पनि दीर्घकालीन असर पारेको निष्कर्ष निकाल्न कुनै दुविधा छैन । एमालेको जारी केन्द्रीय कमिटी बैठकमा यो विषय मुख्य रुपमा उठेको छ । प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा घटनालाई लोकतान्त्रिक संस्थामाथिको गम्भीर चुनौतीका रूपमा व्याख्या गर्दै त्यसका १० वटा दीर्घकालीन प्रभाव औँल्याइएको छ।
प्रतिवेदनले युवाको असन्तोष र राज्य तथा राजनीतिक दलका कमजोरीलाई पूर्णतः अस्वीकार गरेको छैन। तर असन्तोषका नाममा हिंसा, तोडफोड, आगजनी र संवैधानिक प्रक्रियाबाहिरबाट सत्ता परिवर्तन गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक मान्न नसकिने एमालेको निष्कर्ष छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)