नवलपरासीमा कुटपिटबाट घाइते भएका युवकको उपचार क्रममा मृत्यु
ratopati.com · Tue Sep 22 09:10:07 GMT 2026

बुटवल । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–५, गेर्मीमा कुटपिटबाट घाइते भएका ३० वर्षीय सञ्जय गुप्ताको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार भदौ २९ गते साँझ मदिरा सेवन गरी सोही स्थानका ३० वर्षीय सुनिल प्रसाद गुप्ताको घरमा पुगेका सञ्जय र सुनिलबिच सामान्य विवाद भएको थियो । विवादका क्रममा सुनिलले सञ्जयमाथि कुटपिट गरेको प्रहरीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)