सर्लाही र सिन्धुली जोड्ने सडक पहिरोका कारण अवरुद्ध
barnanmedia.com · Tue Sep 22 09:04:01 GMT 2026

सर्लाहीको बागमती र सिन्धुलीको हरिहरपुरगढी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ । गत शनिबार वर्षासँगै गएको पहिरोबाट बागमती नगरपालिका–११ का विभिन्न तीन स्थानमा सडक पुरिएको हरिहरपुरगढी गाउँपालिका–६ का वडाध्यक्ष एकबहादुर मोक्तानले बताउनुभयो ।
पहिरोले सडकमा क्षति पुर्याएसँगै त्यस खण्ड भएर चल्ने यातायातका साधन ठप्प भएको छ । सडक बन्द भएपछि बिरामीलाई अस्पतालसम्म लैजानसमेत समस्या उत्पन्न भएको छ । अन्तर प्रदेशस्तरीय उक्त सडकले पूर्वपश्चिम लोकमार्ग र मदन भण्डारी लोकमार्गलाई जोड्छ । कर्मैया–पिपलमाडी १६ किलोमिटर क्षेत्रमा सडक अवरुद्ध भएपछि यात्री पैदल नै हिँड्न बाध्य भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)