मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नाडाद्वारा बाढीबाट क्षति व्यहोरेका अटोमोबाइल व्यवसायीको विवरण संकलन सुरु

arthasansar.com · Tue Sep 22 09:13:00 GMT 2026

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हालैको बाढी तथा डुबानका कारण क्षति व्यहोरेका अटोमोबाइल व्यवसायीहरूलाई आवश्यक सहजीकरण तथा समन्वय गर्न क्षतिको विवरण संकलन गर्न थालेको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले एक विज्ञप्ति जारी गर्दै बाढी र डुबानका कारण भन्सार नाका, गोदाम तथा शोरुमहरूमा रहेका सवारीसाधन, भौतिक संरचना र उपकरणमा ठूलो क्षति पुगेको जानकारी गराएका छन्।

कठिन परिस्थितिमा व्यवसायीहरूलाई राहत, बीमा दाबी भुक्तानी र ऋण पुनर्संरचनामा सहजीकरण गर्न नाडाले आफ्ना सदस्य कम्पनीहरूलाई क्षतिको यथार्थ र प्रमाणित विवरण यथाशीघ्र नाडा सचिवालयमा उपलब्ध गराउन आग्रह गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)