विद्यालयको भवन प्रयोगविहीन
gorkhapatraonline.com · Tue Sep 22 09:18:28 GMT 2026

देशका कतिपय ठाउँमा विद्यालय भवन नहुँदा विद्यार्थीहरू चौरीमा बसेर पढ्नुपर्ने बाध्यता रहेको छ । तर, धनकुटामा भने विद्यालय भवन मात्र नभई अन्य निर्माण भएका भवनसमेत लामो समयदेखि प्रयोगविहीन हुँदै आएका छन् ।
जिल्ला सदरमुकामस्थित धनकुटामा रहेको गोकुण्डेश्वर माध्यमिक विद्यालयको पठनपान सहज होस् भन्ने उद्देश्यले भवन निर्माण गरिएको छ ।